सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्कलो किन खाने के के बन्छ ?


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 1.1K
    SHARES

आरबी बुढाथोकी
कर्कलो हाम्रो गाउ घरमा सहज पाइने एक प्रमुख तरकारी हो । यो प्राय नेपालको सबै जसो ठाउमा पाईन्छ । यसको बैज्ञानीक नाम कोलोकेशिया एस्क्युलेन्टा हो ।कर्कलो बनस्पती जगतमा पर्ने फुल फुल्ने सब्जी हो । यो सब्जी एरासी कुलको कोलोकेशिया बङसमा पर्छ । यसको गानोला इङ्लिसमा कोलोकासिया र पातलाई तारो लिफ भनिन्छ । भारतीयहरुले यसलाई अर्बी भनेर चिन्छन । पिंडालु एक प्रकारको कन्दमूल हो। कर्कलो अथवा कच्छु एक प्रकारको पिंडालु जस्तो कन्दमूल हो जुन स्वाथ्यका हिसाबले निकै पोसिलो मानिएको छ । प्रसस्त मात्रामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदी पाइने कर्कलो केही नफल्ने सेब्जिलो जग्गामा पनि मज्जाले खेती हुने कन्दमुल तरकारी हो । नेपाल मात्र नभै बिस्वभरका धेरै देशमा यो सब्जी किन्न पाईन्छ । क्याल्सियम अल्जालेट प्रर्याप्त पाइने यो सब्जीमा म्याग्नेसियम,युरिक एसिड र केही प्रतिशत सिस्टिन समेत पाईन्छ ।

कर्कलोको धार्मिक रुपमा पनि ठुलो महिमा छ ॠषि पञ्चमीका दिन बिहान पूजा आजा गरे पछी कर्कलोको तरकारी र भात खाने प्राचिन प्रचलन छ । समय समयमा कर्कलो खाने गर्नाले रक्तअल्पता हुन बाट पनि जोगिन्छ । नेपालमा कर्कलोलाई एक निम्न स्तरको सब्जी मानिन्छ र खाने गरिदैन । बारीमा जताततै हुँदा पनि यसको महत्व नबुझ्दा त्यतिकै सुकेर गएको हुन्छ । पकाउन नजान्दा कोक्याउने हुँदा पनि मनिसले अपहेलना गरेको हुनु पर्छ । यसको मह्त्व बुझ्न सके र बिभिन्न परीकार बनाउन जाँन्दा यसलाई एक डाइनामिक सुपुर फुडको रुपमा लिना सकिन्छ । क्याल्सियम अक्सलेट तत्वका कारण यसमा केही मात्रा बिषदी पदार्थ हुने हुँदा जो कोहिले खान नमानेको पनि हुन सक्छ तर ओइलाएर खादा या एक ८ देखी १० घण्टा तातो पानीमा डुबाएर तरकारी पकाउदा यसमा भएको बिष स्वत मर्छ।

भिटामिनले भरिएको कर्कलो, यसको गानो र पात नै यबत परीकार बन्छन । यसको नियमित सेबनले शरीरको वजन घटाउन,मुटु सम्बन्धी समस्या कम गर्न, डाइबीटिज हुन बाट बच्न,हाइपरटेन्सन कम गर्न निकै उपयोगी सब्जी मानिएको छ। त्यती मात्र नभै इम्युनिटी पावर९रोगप्रतिरोधात्मक शक्ती ०बढाउन,क्यान्सरबाट बच्न,स्वास्थ्य आँखाको लागि,खाना पचाउन,उच्च रक्तचाप सन्तुलन गर्न,नर्भसनेस हटाउन,भ्रुण बचाउन,हड्डी मजबुत बनाउन,छालाको सुरक्षा गर्न यो बनस्पती अती नै उपयोगी साबित छ । महिलाहरुको लागि त झन कर्कलो अनिबार्य नै दिदा राम्रो हुन्छ ।

नजिकको तिर्थ हेला भने झै यो सब्जी सबैले अपहेलना नै गरेको हुन्छ र जङल जस्तो तराइमा जहाँ तही पाईन्छ । तर यो सब्जी ५ तारे होटलको मेनुमा पनि समाबेश हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्ला १ यो सब्जी प्रयोग गरेर नेपाली खाना पकाउदा यसको गानो हालेको मासको दाल निकै स्वादिलो र स्वास्थ्य बर्दक हुन्छ। बिदेशीहरुले पनि मासको दाल पिडालु हालेको निकै चाख लिएर खान्छन । यसले दाललाई चिप्लो मात्र बनाउदै न एक किसिमको छुटै स्वाद थपीदिएको हुन्छ अझ सो दाललाई नेपाली घ्युमा जिम्ब्बु झानेमा अतिनै उत्तम हुन्छ । कर्कलोको पातमा मासको लेदो हालेर बेरी बाफ९स्टिम०मा बफ्याएर चिसो पारी काटेर तारेर तरकारी बनाउदा पनि अती नै स्वादिस्ट हुन्छ र यो खाना काठमाण्डौका नेवार समुदायमा निकै लोक प्रिय छ । कर्कलो पात मै बेसनमा मसला मिसाएर बेरेर बफ्याइ पकोडा बनाएर खादा पनि राम्रो स्न्याक्स बन्छ । यो भारतमा निकै प्रसिद्द डिस हो ।

कर्कलोको परिकारमा कागती या निबुको रस९सिट्रस०हाल्नाले राम्रो स्वाद दिनुको साथै कोक्याउदैन । नेवारी समाजमा कर्कलोको डाठलाई केलाएर ओइल्याइ मसला र कागती मोलेर सिसीमा खादेर अचार बनाइन्छ र यसलाई नेवारहरु सलचा भन्छन । यो परिकार कृतिपुरका नेवारी समाजमा निकै प्रसिद्द छ यिनिहरुले भोयस्९भोज०मा अचारको रुपमा र अइला९रक्सी०सँग सितनको रुपमा पनि मिठो मानेर खाएको पाईन्छ । बिदेश तिर कर्कलोको बिभिन्न सुप,सलाद जस्ता हेल्दी खाना तयार गरिन्छ । कर्कलोमा हुने क्याल्सियम अक्जालेट क्रिस्टलले गर्दा मानिसलाई कर्कलो कोक्काउँछ। नकोक्काउने बन्छन्, तब यो शरीरलाई हानी गर्ने अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ।

अर्बी करी,अर्बी मसला,अर्बी लिफ रोल्ल करी,सबुत अर्बी,तली हुइ अर्बी,कर्कलो कबाब,अर्बी घोस्ट मसला,अर्बी सिमला मिर्च,आंध्रा चमा डम्पा,मुग्लाई दम अर्बी,अर्बी परठा,टमाटर प्याज वाली अरबी की सब्ज़ी,मुल्तानी काली अरबी,बेसन अरबी रोस्ट,पंजाबी स्टाइल अरबी की सब्ज़ी,अरबी मसाला कसूरी मेथी,अरबी का साग,अर्बी झोल,अर्बीका अचार,अर्बी चिप्स,टमाटर वाली अर्बी,गुजराती अर्बी पत्र,अर्बी भाजी,अर्बी आलु भाडी,अर्बी उस्ली,कर्कलो रइता,डाखो,अर्बी पकोडा,केरा अर्बी मसला जस्ता सयौ भारतीय परीकारहरु प्रसिद्द छन ।

कर्कलो प्रसस्त आइरन पाइने हुँदा पनि गर्भबती महिलाका लागि उत्तम मानिन्छ। काटेको ठाउमा रगत रोक्नका लागि पनि कर्कलोको डाठको रस प्रयोग गरिन्छ र आयुर्बेदमा पनि यसको प्रयोग ब्यापक गरेको पाईन्छ । छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्तनली खोली रातो पार्ने उपचारको प्रयोजनका लागि पनि उपयोगी मानिन्छ ।
(लेखक सोल्टी तथा अरिकल इभेन्टका सेफ हुनुहुन्छ । )

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }