सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुधारको बाटोमा यातायात कार्यालय


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 1.1K
    SHARES

– शिव बहादुर बस्नेत

देश, जनता र राष्ट्रको हितमा निजामती, प्रहरी, सेना, शिक्षक सेवकहरुले सबैको भलाईको लागि आफ्नो जिम्मेवारी पुरा गरिरहेको हुन्छ । पत्रकार मित्रहरुले कार्यालय प्रमुखको अनुमति नलिई पत्रकारिताको गरिमालाई धमिलाएर दादागिरी शैलीमा कार्यालय प्रवेश गरी छायाँङ्कन गर्ने गरेको देख्दा आश्चर्य नै लाग्छ किनकी पत्रकार भनेको राज्यको चौथो अंग हो । पत्रकार मित्रहरु सभ्यता र अनुशासन भन्ने कुरालाई पनि ध्यान दिनु पर्ने हुन्छ । घरमा जाँदा श्रीमती एक्लैछिन् भने त अनुमति लिएर मात्र श्रीमान घर प्रवेश गर्नुपर्छ भने यो त कार्यालय हो । नियम, कानून, विधि, विधान अनुशासन, शिष्टाचार भन्ने कुरा संसारमै सबैले पालना गर्नुपर्ने हुन्छ ।

यस कार्यालयको काम बडा चुनौतिपूर्ण भई दैनिक कार्य समापन गर्नु पर्ने हुन्छ । सर्भर चलेन भने रसिद काट्न सकिदैन । त्यसले गर्दा सेवाग्राहीलाई तनाव र कर्मचारीहरुलाई पनि तनाव उत्पन्न हुन जान्छ । विज्ञान र प्रविधिको एक्काईसौ सताब्दीमा हामी सबै मालिक हौ तर सर्भर नचल्नाले प्रविधिको दास जस्तै हुनजान्छौं तर दास भने त होइन नि । प्रविधिको विकास भएकै हो जब प्रविधि नै नचलेपछि सेवाग्राहीको काम हुन सक्दैन जसले गर्दा कोही टाढाबाट आएका कोही विदा लिएर आएकाहरु पनि निरास भएर फर्कनु पर्ने अवस्था देखिएको छ । कहिले काँही यस्तो हुन्छ । जस्तो तीस दिनमा एकदिन सर्भर नचल्न सक्छ ।

कर्मचारीहरुले सेवाग्राहीको जतिसुकै छिटो छरितो काम सम्पादन गरिदिए पनि कोही कसैको अलिकति काम सम्पन्न हुन ढिला भयो कि दोष लगाउने प्रवृत्ति सेवाग्राहीभित्रै लुकेको छ । कर्मचारीहरुले सेवाग्राही (जनता) हरुको कामको समस्या भएमा कसरी समाधान गर्ने भनेर बाटो खोजेर समाधान गरी पठाईएको अवस्था छ । यातायातमा जनताहरुको सोच, सकारात्मक भन्दा नकारात्मक सोच, दृष्टीले बढी हेर्ने गरेको पाईन्छ । राम भन्ने व्यक्तिले एक गते देखि नौ गते सम्म एक देखि सय सम्म लेख्दा ठिक लेखेको भेटियो तर दशौं दिनमा रामले एक देखि सय सम्म लेखिदा पैसठ्ठी पैसठ्ठी डबल लेखिदिएछ छैसठ्ठी लेख्न बिर्सेछ भने त्यो गलत हो नवौ दिनसम्म ठिकछ दशौं दिनमा आएर गलत भयो, हो यातायातमा हुने त्यही नै हो । एउटा विद्धानले भनेका थिए खुट्टा तान्नु भन्दा हात तान्नु राम्रो भनेका थिए तर त्यस्तो कहाँ हुन्छ र ?

लाईसेन्सको नविकरण गर्नुपरेमा लाईसेन्स धनी स्वयं यातायात आउनुपर्छ निजले आफ्नो लाईसेन्स नविकरण गर्नको लागि प्रकृया शुरु गर्दा झ्याल नं.११ बाट टोकन लिनुपर्छ त्यसपछि कुर्ने आफ्नो टोकन नम्बर डिस्प्ले भएपछि फोटोखिच्ने ठाउँमा आएर फोटो खिच्नुपर्छ, फिङ्गर लायाप्चे गर्नुप¥यो, सही गर्नुप¥यो त्यसपछि मेडिकल १२ नं. मा गएर मेडिकल टेष्ट गर्नुप¥यो त्यसपछि झ्याल नं.१३ मा गएर एप्रुभ गर्नुप¥यो । त्यसपछि बैंकमा भौचर भरेर राजस्व रकम जम्मा गर्नुप¥यो त्यसपछि झ्याल नं.१४ मा गएर नविकरण गरिएको रसिद लिनुपर्छ त्यसपछि मात्र काम सकिन्छ ।

नयाँ ट्रायल अथवा थप ट्रायल दिन परेमा शुरुमा साईवरमा गएर अनलाईन भर्ने त्यसपछि कार्यालयमा सम्पर्क गर्ने मिति तोकिदिन्छ मिति तोकिएको दिनमा कार्यालयमा आएर फोटोखिच्ने फिङ्गर ल्याप्चे गर्ने सही गर्ने त्यसपछि मेडिकल गर्ने त्यसपछि बैंक भौचर पाँचसयको भरेर बुझाउने त्यसपछि रसिद लिने तालिका अनुसार लिखित जाँच र प्रयोगात्मक (ट्रायल) दिन आउनुपर्छ । ट्रायल पास गरेपछि कम्प्यूटरमा पास गरेको व्यक्तिको रिजल्ट हाल्नुपर्छ त्यसपछि कम्प्यूटरमै एप्रुभ गर्नुपर्छ त्यसपछि मात्र सिष्टम (प्रणाली) मा रसिद काट्न सकिने छ । गाडी पास गरेको दश दिनपछि आएर रसिद काट्न सकिने छ भने बाईक र स्कुटर पास भएको पन्ध्र दिनपछि आएर रसिद काट्न सकिने छ । यस्तो राम्रोसँग सेवा प्रदान गरिरहेको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा हावामा कुरा नबुझि केहि पत्रकारले छायाँकन गरी कार्यालयको बदनाम मात्र गर्न खोजेको भेटिन्छ । कुण्ड कुण्ड पानी मन्द मन्द बुद्धी भनेको पनि यहि नै हो । दुईचार अक्षर पढेर पत्रकार भएका ओठ निचोरे दुध आउँछ , दुध पिउन पुगेको छैन केहि कुरा नबुझि आफ्नो पारामा नकारात्मक दिमागले काम गर्ने पत्रकारलाई विचरा बाहेक के भन्ने सकारात्मक दिमाग लिनुपर्छ मानवले । सकारात्मक सोच भनेको प्रकाश हो भने नकारात्मक सोच अन्धकार हो । हाम्रो नारी कर्मचारीहरु देवी, लक्ष्मी, सरोस्वती भएर मधुर वचन बोलेर सेवाग्राही (जनता) को सेवा गरेको अवस्था छ । सधै शान्त, गम्भिर, मुस्कान सहितको सेवा प्रदान गरेको अवस्थामा कार्यालयको वदनाम गराउन केहि पत्रकार लागिपरेका छन् । कर्मचारी निरिह प्राणी भन्छन् तर कर्मचारी निरिह प्राणी होईन । पत्रकारले कसरी आफ्नो कर्तब्य पुरा गर्ने भनेर केहि ज्ञान नै नभएको अवस्थामा त्यसै त्यसै यातायातको तल र माथी गर्दै हावामा कुरा नबुझि सिष्टम प्रणाली नबुझी भिडियो खिचेर प्रसारण गर्दैमा जनताहरुले पत्याउने अवस्था भने छैन ।

काट्न सजिलो हुन्छ जोड्न गाह्रो हुन्छ । पहिले पहिले तान्त्रिक विद्याद्धारा बोका काटेर बोकाको रगत चढाएर पछि फेरी तन्त्र विद्याद्धारा बोकालाई जिवित गराउथे । अहिले बोकाको बली दिएपछि जिवित गराउने सामथ्र्य छैन र मासु खानको लागि मानिसले बली दिन्छन् । संसारमा काट्न त सबैले काट्छन्, काट्ने शक्तिशाली मानिस होईन जो काटेको कुरालाई जोडछ उहि नै संसारमा शक्तिशाली मानिस हो । प्रसंगवश एउटा भएकै सत्य घटनालाई संक्षेपमा जोडे एउटा डाँका घोडा चढेर ऋृषिको कुटीमा तलवार लिएर मार्न जाइलाग्यो ऋृषिले कतिपनि विचलित नभई उसलाई भने मित्र तिमी मलाई मार्न आयौ तर पहिला मेरो एउटा काम गर डाँकाले भने के काम ? ति तल गएर रुखको हाँगा काटेर ल्याउ त ए जावो काम भनेर ऊ तल गएर रुखको हाँगा काटेर ऋृषिको सामु ल्याएर दियो ऋृषिले फेरी भने अब यो हाँगालाई जहाँबाट काट्यौ त्यही लगेर जोडिदेऊ त्यो सुनेर डाँका अलमलमा परेर उत्तर दियो अब कसरी जोड्ने हो ऋृषिले भने मित्र जसले जोड्छ उहि संसारमा शक्तिशाली कहलाउँछ काट्न त सबैले काट्छ, अब मलाई तिमीले काट्न सक्छौ भनेपछि त्यसपछि त्यो डाँका ऋृषिको शरणमा गएर क्षमा माग्यो त्यही दिनदेखि ऋृषिको चेलो बनेर धर्म प्रचारमा खटिएछ । हाम्रो यातायात कार्यालयमा पनि केहि उद्दण्ड पत्रकारले गरेको यहि नै हो । त्यसैले यस्ता झासेझुसे पत्रकारको समाचारलाई सत्यता हो भनेर नबुझिदिनु हुन सबै सेवाग्राही (जनता) मा यो लेखकको आग्रह, अनुरोध छ ।

एक वर्ष अगाडिको कुरो सर्भर चलेन र सूचना टाँसी भोली आउनु भनेर सेवाग्राहीलाई सूचित गरियो त्यसपछि सेवाग्राहीहरुले धेरै आक्रोस पोखे र गए भोली आएर आफ्नो काम सम्पन्न भईसकेपछि हामी कर्मचारीले सोध्यौ तपाई हिजो सिस्नो भैm भएर हामी माथी के के भन्नुभयो तर आज संयमित भएर आफ्नो काम सकिएपछि कर्कलो भैंm लुरुक्क परेको देखियो भन्दा सेवाग्राहीले के भने भनेनी हामीले व्यक्तिलाई भनेको होईन सिष्टमलाई भनेको हो भनेर जवाफ दिए । सेवाग्राहीको मानसिकता पनि के छ भने हामीले यातायातमा कराउनै पर्छ भन्ने मानसिकता बोकेर आएका हुन्छन् । उनान्सय जना सेवाग्राहीले हाम्रो काम दुःख नपाईकन सम्पन्न भयो धन्यवाद, धन्यवाद यातायातमा धेरै सुधार भएछ भनेर खुसी व्यक्त गरेर जान्छन् भने एकजनाले दुःख पायो भने नकारात्मक वातावरण श्रृजना गर्न पछि पर्दैन । कुनै न कुनै नुनचर्को भेटिन्छ नै यो संसारमा सबै बुद्ध नै बुद्ध भए संसारले धेरै प्रगति गर्ने थियो होला, बम, मिसाईल, हातहथियारको विकास भन्दा अध्यात्म चिन्तनको विकास बढी हुने थियो होला । गीतामा भगवान श्रीकृष्णले भनेका छन् – जो सबै प्राणीलाई मित्रवत व्यवहार गर्छ त्यो नै मलाई पाउँछ । हामी कर्मचारीहरुले जनताहरुलाई मित्र जस्तै ठानेर विनम्रता, शालिनता भएर निःस्वार्थ सेवा प्रदान गर्दै आएका छौ, यो कुरामा दुईमत छैन ।

सत्य यूगमा एकलाख वर्ष मानिसको आयु हुन्छ, त्यस्तै त्रेतायुगमा दश हजार वर्ष आयु, द्धापर युगमा एकहजार वर्ष आयु, कलियुगमा सयवर्ष आयु हुन्छ मानिसको तर सयवर्ष बाँचे त हुन्थीयो नि सत्तरी अथवा असी वर्षमै मानिसको देहान्त हुन्छ । टोकन लिएका सेवाग्राहीहरुको नविकरण कर्मचारीहरु अफिसमा सात बजेसम्म बसेर भएपनि काम सम्पन्न गरिदिएकै छ । हो होईन वरपर बुझे भईहाल्छ, ट्रायल पास गरेकाहरुको विहान दश बजेदेखि दुईबजेसम्म राजस्व रकम लिने गरेको छ । ट्रायल पास गरेकाहरुले टोकन लिनु पर्दैन । यस्तो सजिलो, सरल रुपमा काम सम्पादन भईरहेको अवस्था छ । हामी शिक्षित कर्मचारीहरुको मानसपटलमा के छ भने पैसा त मासु बेच्नेले, मुर्दा पोल्नेले पनि कमाउँछ हामीले ईज्जत, प्रतिष्ठा कमाउनु पर्छ भनेर घुँडा धसेर आफ्नो सेवा प्रदान गर्दै आएको कुरामा दुईमत नहोला । चेतना भया । लेखक निजामति कर्मचारी हुन्

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }