सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो चरणमा ४ लाख ३० हजारले लगाए कोभिड विरुद्धको खोप


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 525
    SHARES

काठमाडौं, १३ फागुन । कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा ४ लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिनु भयो ।

सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिका लागि पहिलोपटक माघ १४ देखि २४ गतेसम्म र दोस्रोपटक फागुन २ देखि १० गतेसम्म दोस्रोपटक खोप अभियान सञ्चालन गरेको थियो ।

पहिलो चरणको अभियानको पहिलोपटक एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रोपटक दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको छ । अनुसार पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको मन्त्रालयले बताएको छ । पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना थियो ।

मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)