बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

२४ घण्टामा कोरोनाबाट ८३ जनाले ज्यान गुमाए


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 848
    SHARES

१३ फागुन, काठमाडौं । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा मृतकको संख्यामा ८३ जना थपिएका हुन्। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परिक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७३ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)