मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

बिहिबार १०७ जना नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २०, २०७७
  • 493
    SHARES

२० फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०७ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ९१२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार ६८३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बिहीबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७९५ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ७९ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७९५ जना आइसोलेसन र ५७ जना क्वारेन्टिनमा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)