मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 648
    SHARES

२१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ।

देशभर हालसम्म ८३२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका ५ तथा भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)