मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार ४८ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 517
    SHARES

२८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ।

देशभर हालसम्म ९२९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५ सय १२ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १९, ललितपुरका ४ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)