मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पतालद्धारा हृदयघात भएकी ९९ वर्षीय वृद्धको सफल उपचार


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 1.1K
    SHARES

काठमाडौँ, २ चैत । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले हृदयघात भएकी ९९ वर्षीय वृद्धको सफल उपचार गरेको छ ।

टोखामा रहेको उक्त अस्पतालले अकस्मात हृदयघात भएपछि अस्पताल भर्ना भएकी टोखा मिलनटोलकी ९९ वर्षीय डम्बर कुमारी मल्लको सफल उपचार गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले दम र छाती रोगको समस्याबाट ग्रसित वृद्धको हृदयघातको सफल उपचार गरिएको जानकारी दिनुभयो । विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पताल स्वदेशी तथा विदेशी नागरिकको उपचारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

ग्राण्डी अस्पतालले केही समय अगाडि ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार समेत सुरु गरेको थियो । हाल ग्राण्डी अस्पतालमा विरामीलाई रगतको अभाव हुन नदिन नेपालकै निजी स्तरको सबैभन्दा ठूलो ‘रक्तसञ्चार केन्द्र’समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)