मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको दोश्रो मात्राको खोप अभियान बैशाख ७ देखि सुरु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 742
    SHARES

४ चैत्र, काठमाडौं । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले निर्णय गरेको हो ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाइसकेपछि खोप कार्ड प्रदान गरिने निर्णय समेत आइसिएस बैठकले गरेको छ । यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि पहिलो मात्रा दिन सूचना जारी गर्ने समेत मन्त्रालयको भनाइ छ ।

पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८ सय ८० जनाले खोप लगाएका थिए । हालसम्म खोप लगाउनेको संख्या १६ लाख ५ हजार ७ सय ६ जना पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)