बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभ्याक्सिनलाई पनि नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 451
    SHARES

काठमाडौं ,७ चैत्र। भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ ।

आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो।

कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ।

यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले  आकस्मिक अनुमति पाएका थिए । नेपालमा हालसम्म करिब १७ लाखलाई  भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप  लगाई सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)