बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्रीलंकाले दियो चिनियाँ खोपलाई अनुमति


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 1.1K
    SHARES

७ चैत्र, काठमाडौं । श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।

यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।

नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपुर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलङ्काका उत्पादन, आपुर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनको भनाइ छ । श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्नीक भीले अनुमति पाएका थिए ।

श्रीलङ्कले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियान अन्तर्गत सवैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । अस्ट्राजेनिकाको खोप श्रीलङ्काले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलङ्काले पाएको हो । अहिले ६० बर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)