बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ७७ जनामा कोरोना पुष्टि


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 673
    SHARES

काठमाडौं ,८ चैत्र।

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ ।

यस अवधिमा थप तीन हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६९ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)