बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा संक्रमण बढेपछि पुन: मध्य प्रदेशको तीन सहरमा लकडाउन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 905
    SHARES

९ चैत्र, काठमाडौं । भारतमा एक दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्याले रेकर्ड कायम गरेपछि मध्य प्रदेशको जबलपुर सहर लकडाउन गरिएको छ । शनिबार झन्डै ४१ हजारमा संक्रमण पुष्टि भएपछि जबलपुर सहर आज पूर्ण लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्को निर्णय नभएसम्म प्रत्येक आइतबार जबलपुर, भोपाल र इन्दौर सहर लकडाउन गरिने मध्य प्रदेश सरकारले निर्णय गरेको हो । यी तीन सहरका शैक्षिक संस्थाहरु आगामी मार्च ३१ तारिखसम्म बन्द रहने जनाइएको छ ।

शनिबार यहाँ एकैदिन ४० हजार ९५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या पछिल्लो १११ दिनमा सबैभन्दा धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड १५ लाख ५५ हजार २८४ पुगेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)