बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज देशभर १५० जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 856
    SHARES

९ चैत्र, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ । अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन् ।

हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)