मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चैत्र २६ बाट तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 845
    SHARES

काठमाडौं, १२ चैत्र । तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्र समेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताउनुभयो ।

उहाँले भन्नुभयो स्कुल र कलेजमार्फत डोरीतान खेललाई बिस्तार गदैछौं । आयेजक जिल्ला सुनसरीका अध्यक्ष निश्चलराज शाक्यले प्रतियोगितामा मित्र राष्ट्र भारतको २ टिम, प्रदेश १,प्रदेश २, बागमति प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ तीन विभागिय टिम नेपाल आर्मी,नेपाल एपीएफ क्लब, नेपाल पुलिस, भूपू ब्रिटिस गोरखा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियम अनुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाईने जनाएको छ ।

दुहवी नगरपालिका सरस्वती माबीको खेल मैदानमा हुने खेलको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा शाक्यले जानकारी दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चमा भएको पत्रकार सम्मेलनमा डोरीतान संघका वरिष्ठ उपाध्यक्ष सुर्य भट्राई,उपाध्यक्ष एवंम मनमोहन स्पोर्टस् एकेडेमीका अध्यक्ष सुभाषश्री पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)