मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 1.1K
    SHARES

काठमाडौं, १२ चैत्र । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औं र महिलाको ३० औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् ।

अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।

सन्जु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । सागको कुनैपनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् ।

प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)