मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तौल बढ्न नदिन र क्यान्सरको खतरा घटाउनु छ भने दैनिक १० देखि ३० मिनेट हिँड्नुहोस्


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 962
    SHARES

१३ चैत्र, काठमाडौं । खाना खाएपछि कसैको हिँड्ने बानी छ भने यो निकै राम्रो बानी मानिन्छ । अनुसन्धानका अनुसार आफ्नो शरीरको क्षमताका अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्न सक्नुहुन्छ । यसरी हिँड्दा क्यालोरी बर्न गरेर तौल बढ्नबाट जोगाउँछ भने क्यान्सरजस्तो रोगको खतरा पनि घटाउँछ । खाना खाएपछि किन हिँड्नुपर्छ त, यसबारे जानकारी लिऔंः

पाचन राम्रो हुन्छः

खाना खाएपछि हिँड्नुहुन्छ भने पाचन राम्रो हुन्छ । शरीरको मुभमेन्ट हुँदा आन्द्रामा खानाको मुभमेन्ट पनि तीब्र हुने गर्छ । नतिजा, खाना चाँडै नै सजिलै पच्ने गर्छ । यसका साथै पेप्टिक अल्सर, छाती पोल्ने, पेटमा ऐठन र कोलोरेक्टल क्यान्सरको खतरा पनि कम हुन्छ ।

ब्लड सुगरको स्तर नियन्त्रणमा रहन्छः

खाना खाएपछि हिँड्दा वा शरीरलाई गती दिँदा रगतमा चिनीको मात्रा बढ्ने खतरा कम हुन्छ । सन् २०१६ मा भएको अनुसन्धानका अनुसार खाना खाएपछि १० मिनेट हिँड्दा खाना खाएपछि बढ्ने ब्लड सुगरमा कमी आउँछ ।

हृदयरोगको खतरा घटाउँछः

शारीरिक गतिविधि मुटुका लागि निकै फाइदाजनक बताइन्छ । अनुसन्धानमा यो प्रमाणित भइसकेको छ । अमेरिकाको स्वास्थ्य विभागका अनुसार खाना खाएपछि १० मिनेट हिँड्दा मुटु रोगको खतरा घट्ने गर्छ ।

तौल बढ्दैनः

विज्ञका अनुसार खाना खाएपछि टहल्दा क्यालोरी बर्न हुन्छ । यस्तो रुटिन बनाउनु हुन्छ भने तौल बढ्ने खतरा निकै हदसम्म कम हुन्छ । तर धेरै तेल र मसालायुक्त खानेकुरा खानबाट बच्नुहोस् ।

रक्तचाप बढ्दैनः

नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार १० मिनेट हिँड्दा बढेको रक्तचाप नियन्त्रणमा रहन्छ । विज्ञका अनुसार खाना खाएर हिँड्दा तपाईं तीब्र गतिमा भने हिँड्नु हुँदैन

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)