बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा ६२ हजार भन्दा धेरै कोरोना संक्रमित भेटिए, सचिन तेन्दुलकर पनि संक्रमित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 674
    SHARES

१४ चैत्र, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो ।

शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् ।

सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ ।

भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ ।

यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् ।

सचिनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । ४७ वर्षका सचिनले लेखेका छन्, ‘मैले कोरोनाको लगातार परीक्षण गराउँदै आएको छु । कोरोनाबाट बच्नका लागि मैले सबै आवश्यक कदम उठाएको थिएँ । यद्यपि, हल्का लक्षणसहित आज म कोरोना पोजेटिभ पाइएको छु । घरका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । मैले आफूलाई घरमा क्वारेन्टिनमा राखेको छु । डाक्टरको निर्देशन पालना गरिरहेको छु । ती सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई साथ दिनुभयो । तपाईंहरु सबैले आफ्नो ध्यान राख्नुहोला ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)