मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भौतिक दूरी कायम गरेर होली मनाउन ग्राण्डी अस्पतालको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १५, २०७७
  • 532
    SHARES

काठमाडौँ, १५ चैत । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले भौतीक दूरी कायम राखी होली पर्व मनाउन आग्रह गरेको छ ।

अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको भन्दै स्वास्थ्यको ख्याल गरेर होली पर्व मनाउन आग्रह गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोरोना सङ्क्रमण बढेकाले घरमै बसेर होली पर्व मनाउन आग्रह गर्नुभयो । “भीडभाड र मानिस धेरै भएको ठाउँमा गएर होली नखेलौँ, खेल्नै पर्ने बाध्यता भएमा माक्स र सेनिटाइजको अनिवार्य प्रयोग गर्नुहोस्,”–उहाँले भन्नुभयो ।

ग्राण्डीले अहिलेको मौसम राम्रो नभएकाले पानीमा भिजेर होली नखेल्न सबैलाई आग्रह समेत गरेको छ । रङ कम प्रयोग गर्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)