मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारत हुँदै नेपाल छिर्ने सबैले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 736
    SHARES

१६ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टरमा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

भारतका नाका हुँदै नेपाल आएका संक्रमितहरुसमेत खुला रुपमा हिँड्डुल गरेको पाइएपछि मन्त्रालयले आज यस्तो निर्देशन दिएको हो । लक्षण देखिएका संक्रमितलाई अस्पताल र नदेखिएकाहरुलाई पनि १० दिन अनिवार्य आइसोलेसन सेन्टरमा राख्न मन्त्रालयको निर्देशन छ ।

आइसोलेसन सेन्टरमा राखेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सोधभर्ना रकम उपलब्ध गराउने समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले नाका जोडिएका हेल्थ डेस्कबाट नजिक पर्ने १४ वटा अस्पतालमा रिफर गर्न समेत निर्देशन दिएको छ ।

सात प्रदेशमा रिफर गर्न निम्न अस्पतालहरु तोकिएको छ–
१. मेची अस्पताल
२. कोसी अस्पताल
३. इलाम अस्पताल
४. नारायणी अस्पताल
५. सिरहा अस्पताल
६. रौतहट अस्पताल
७. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
८. सिन्धुपाल्चोक अस्पताल
९. रसुवा अस्पताल
१०. भीम अस्पताल
११. कपिलवस्तु अस्पताल
१२. भेरी अस्पताल
१३. महाकाली अस्पताल
१४. सेती प्रादेशिक अस्पताल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)