बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट आएका १२ जनामा कोरोना पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 319
    SHARES
कैलाली, १६ चैत्र।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ ।

सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं. २ का ३० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भारतबाट आएका धनगढी–१ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका–६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा–११ का २२ वर्षीया पुरुष र कृष्णपुर–६ का २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)