बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार थप १६७ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 527
    SHARES

१७ चैत्र, काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ७ सय २७ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५ संक्रमित निको भएका छन् ।

मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)