बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज थप १६२ जना संक्रमित थपिए


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 424
    SHARES

१८ चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा ५०, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।

हाल देशभर १ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)