बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाइँकुण्ड पदमार्गका होटेलमा लगाइएको सिन्डिकेट हट्यो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 540
    SHARES

रसुवा, २० चैत ।

रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्ड पदमार्गमा रहेका होटलमा लगाइएको सिन्डिकेट तोडिएको छ । होटल व्यवसायीले आलोपालो प्रणाली कायम राख्दा गोसाईकुण्ड जाने यात्रु बिचल्लीमा परेको गुनासो बढेपछि बिहिबार सरोकारवाला र होटल व्यवसायी बिच बसेको बैठकले सिन्डिकेट हटाएको हो ।

सोचेजति संख्यामा पर्यटक नबढेको, आएका पर्यटकहरुमाथि व्यवसायीको तानातान बढेपछी व्यवसायीहरुको सहमतीमा करिब ५ महिनाअघिदेखि चोलाङपाटीदेखि गोसाईकुण्ड जाने पदमार्गमा पर्ने होटल तथा लज आलोपालो सिष्टममा संचालन गरिरहेका थिए । पदयात्रा गर्दा आफुले चाहेको होटेलमा बस्न पाइदैन्थ्यो । जुन होटेल खुला छ, त्यसमा तोकिएको पुरै शुल्क तिरेर बस्नु पथ्र्यो । शुल्क अत्याधिक रहेको गुनासो थियो । यस्तो प्रणालीका कारण यात्रुहरु समस्यामा परेको गुनासो बढेको थियो । हरेक बर्ष पर्यटक आगमनको अफसिजनमा यी क्षेत्रका होटल तथा लज आलोपालो सिष्टममा संचालन हुने गरेको थियो । तर यो बर्ष पर्यटक आगमनको सिजनमा समेत आलोपालो प्रणाली कायमै राख्दा यात्रुहरु समस्यामा परेका थिए ।

चोलाङपाटीमा २ वटा, लौरीबिनामा ३ वटा र गोसाइँकुण्डमा ४ वटा होटल रहेका छन् । बिहिबार लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यवसायीसँग भएको सम्झौता अनुसार १२ महिना नै होटल सञ्चालन गर्नुपर्ने भएको छ । व्यवसायीले आगामी दिनमा पनि आलोपालो प्रणाली सुरु गरेमा कारवाही गरिने प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । त्यसैगरि स्थान अनुसार दररेट निर्धारण गर्ने, मेनु राख्ने र ग्राहकलाई बिल अनिवार्य दिनुपर्ने निर्णय गरेको छ ।

धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा क वर्गको २ वटा, ख वर्गको ८ वटा र ग वर्गको ३ वटा रहेका छन् । साथै निजी जग्गामा समेत होटलहरु निर्माण भएका छन् । निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन् । उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउन पर्छ । निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ बर्गकाले ९० हजार, ‘ग’ बर्गकाले ६० हजार र घ बर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ । चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ ।

गोसाईकुण्ड जाने पदमार्गका होटल लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संचालनमा छन् । निकुञ्ज भित्र संचालित होटल व्यवस्थित बनाउन निकुञ्जले होटलको टेन्डर प्रक्रिया मार्फत संचालन अनुमति दिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }