बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा फाइजर खोप प्रभावकारी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 1.0K
    SHARES

२२ चैत्र, काठमाडौं । कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीको निकै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएका छ ।

हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो ।

खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।

गएको बुधबार फाइजर र बायोएनटेकले अध्ययनको संक्षिप्त विवरणसहित वक्तव्य जारी गरेका थिए ।

किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप सुरक्षित प्रभावकारी देखिएको वक्तव्यमा उल्लेख छ ।

फाइजर–बायोएनटेकको खोप १६ वर्ष र सो भन्दा माथिको उमेर समूहका व्यक्तिका लागि सुरक्षित र प्रभावकारी रहेको भन्दै यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो र अहिले विश्वका विभिन्न देशमा खोप अभियान जारी छ ।

तर बालबालिका तथा १५ वर्षसम्मका किशोर किशोरीका सम्बन्धमा भने अध्ययन जारी छ । सोही क्रममा १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो ।

खोप लगाएका व्यक्तिहरुमा भाइरससँग लड्ने एन्टीबडीको विकास अति राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा छ ।

अध्ययनको नयाँ नतिजासँगै आफूहरु १२ देखि १५ वर्षसम्मको उमेर समूहका किशोर किशोरीका लागि पनि खोप प्रयोगको स्वीकृति प्रदान गर्न अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) लाई आग्रग गर्ने तयारीमा रहेको फाइजरका सिइओ अल्बर्ट बोउर्लाले बताएको टाइमले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)