बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 464
    SHARES

काठमाडौँ, २३ चैत्र
देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।
–––

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)