बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको दोश्रो डोजको खोप आउँदो बैशाख ७ गतेदेखि


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 756
    SHARES

२४ चैत्र, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियानअन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि दिने भएको छ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को सोमबारको बैठकले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि सात लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुको पालो वैशाख ७ गते ।
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुको पालो वैशाख ८ गते ।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुको पालो वैशाख ९ गते ।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुको पालो वैशाख १० गते ।
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुको पालो वैशाख ११ गते ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)