बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सफोर्ड खोपको दुर्लभ ‘साइड इफेक्ट’ का रुपमा ब्लड क्लट्स सूचिकृत गर्न सुझाव


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 407
    SHARES

२६ चैत्र, काठमाडौं । असामान्य रुपमा देखिने ब्लड क्लट्सलाई कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अति दुर्लभ ‘साइड इफेक्ट’ का रुपमा सूचिकृत गर्नु पर्ने विज्ञले बताएका छन् ।

युरोपियन युनियनको औषधि नियामक निकायले कोभिड–१९ खोपको निकै दुर्लभ अर्थात अति कम मात्रामा हुने साइड इफेक्टका रुपमा ब्लड क्लट्सलाई राखिनु पर्ने बताएको हो ।

युरोपमा खोप लगाएपछि देखिएको ब्लड क्लट्सका ८६ घटनाको अध्ययन गरेर युरोपियन मेडिसिन्स एजेन्सी (इएमए) ले खोपबाट हुने सकारात्मक फाइदाको तुलनामा साइड इफेक्ट निकै नगन्य रहे पनि दुर्लभ साइड इफेक्टका रुपमा सूचिकृत गरिनु पर्ने निष्कर्ष निकालेको हो ।

इएमएले ब्लड क्लट्सको जोखिम कुन उमेर समूह वा लिंगका व्यक्तिमा हुन्छ भन्ने खुलाएको छैन । तर अहिलेसम्म देखिएका घटना अनुसार ब्लड क्लट्स विकास हुनेमा अधिकांश ६० वर्ष मुनिका महिला छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार ब्लड क्लट्सका घटना खोपसँग जोडिएको भए पनि पुष्टि नभएको र यस्ता घटना निकै दुर्लभ रहेकाले खोपमा शंका नगर्न भनेको थियो । विश्वभर हालसम्म २० करोड भन्दा धेरैमा सो खोप लगाइएको छ ।

यसअघि बेलायतमा बालबालिकामा भइरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको थियो ।

कोरोना भाइरसविरुद्धको यो खोप र वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा खोपको परीक्षण रोखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)