आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

७५.७९ अंकले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 523
    SHARES

काठमाडौं, १२ वैशाख 

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्य भएसँगै समग्र बजार ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा रोकिएको हो । आज २६५४ विन्दुबाट खुलेको बजार लगातार घटेर २५७२ विन्दुमा पुगेर रोकिएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको ६.१४ प्रतिशतले परिसूचक घटेको छ । त्यस्तै हाइड्रापावर समूहको परिसूचक ४.३७ प्रतिशतले घटेको छ ।

आज २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेड (निफ्रा) को भएको छ । यो बैंकको ३९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

आज बमाउँनेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढील वृद्धि भएको छ । महिला लघुवित्तको ९.९९ प्रतिशतले र बिशाल बजारको ९.९७ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }