बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर: भारतमा अक्सिजनको अभाव, कालोबजारी गर्ने बढे


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 844
    SHARES

१३ बैशाख, काठमाडौं । भारतको राजधानी दिल्ली सहित धेरै शहरहरुका अस्पतालका शैयाहरु विरामीले भरिएपछि विरामीहरु घरमै उपचार गर्न बाध्य भएका छन् । गम्भीर विरामीको घरमै उपचार गर्नुपर्ने अवस्थाले विरामीको मृत्युदर बढेको छ । आवश्यक औषधि र अक्सिजनको अभाव र कालोबजारीका कारण विरामीहरु नराम्ररी प्रभावित भएका छन् । घरमा विरामीहरुको अवस्था गम्भीर बन्दै गएपछि अक्सिजनको खोजीमा परिवारका सदस्यहरु भौतारिने गरेका छन् ।

अभाव र संकटकै बीच कालोबजारी गर्नेहरुका विरामीहरु थप मारमा पर्ने गरेका छन् । सामान्य अवस्थामा बजारमा ६ हजार मूल्य पर्ने अक्सिजन सिलिन्डरलाई ब्लाक मार्केटमा ५० हजार तिरेर किन्नु परेको गुनासो उपभोक्ताहरुको छ । राजधानी दिल्ली र नजिकको शहर नोयडामा अक्सिजन अक्सिजन नपाइए पनि कालोबजारी गर्नेहरुले बढी मूल्य लिएर अक्सिजनको आपूर्ति गर्ने गरेका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टाको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सयभन्दा बढी छ । विगत केही दिनदेखि भारतमा संक्रमण र मृत्युदर निकै उच्च छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)