बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश हुने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 1.3K
    SHARES

१३ बैशाख, कास्की । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।

हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूची अनुसार अविश्वासको प्रस्ताव टेबुल गरिएपछि प्रतिपक्षी संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्ने छन् ।

त्यसपछि दलगत रुपमा प्रदेशसभा सदस्यहरुले बोल्ने र छलफल सकिएपछि प्रस्ताव माथि मतदानद्वारा निर्णय गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)