बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतलाई खोप उत्पादनका लागि कच्चा पदार्थ दिन अमेरिका तयार


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 900
    SHARES

१३ बैशाख, काठमाडौं । अमेरिका कोभिसिल्ड खोप उत्पादनका लागि कच्चा पदार्थ निर्यातमा लगाएकाे प्रतिबन्ध फुकुवा गर्न सहमत भएकाे छ । खाेप उत्पादनका लागि भारतलाई आवश्यक कच्चा पदार्थ निर्यात गर्न दिने अमेरिकाले जनाएकाे हाे।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सम्बनधमा ट्वीट गरेका छन्, ‘जसरी महामारीको सुरुवातमा भारतले अमेरिकालाई साथ दिएको थियो, त्यसरी नै यो बेला भारतलाई सहयोग गर्न हामी दृढ संकल्प गछौँ,’ बाइडेनले भनेका छन्।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको यो संकटका बेला भारतलाई सहयोग गर्ने बताएकी छन्।

उनले ट्वीट गरेकी छिन्, ‘कोरोना महामारीको यो विस्फोटक यात्रामा अमेरिका भारतसरकारसँग मिलेर काम गरिरहेको छ। हामी सहायता गरिरहेका छौँ । हामी भारतका नागरिकका लागि प्राथना गरिरहेका छौँ, जसमा साहसी स्वास्थकर्मी पनि छन्।’

आइतबार अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालबिच भारतमा कोरोना संक्रमण बढिरहेको सन्दर्भमा टेलिफोन सम्वाद भएको थियो।

संवादका क्रममा खोपका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिका विषयमा कुरा भएको थियो। अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनले भारतमा कोरोना संकटलाई लिएर सहानुभूति जनाएका थिए।

विश्वमा कोरोना महामारीको सबैभन्दा धेरै असर भारत र अमेरिकालाई परेको छ। ‘भारतमा कोभिसिल्ड खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ छिटो भन्दा छिटो उपलब्ध गराउन अमेरिका तयार छ’, व्हाइट हाउस ले जारी गरेको बयानमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)