बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्जमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 357
    SHARES

१४ बैशाख, पर्सा । वीरगञ्जमा पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । दुईजनाको मंगलबार बिहान तथा तीनजनाको सोमबार ज्यान गएको चिकित्सकले जानकारी दिएका छन् ।

मंगलबार बिहान नारायणी अस्पतालमा उपचाररत बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ की ४० वर्षे महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

वैशाख ९ गते नै कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएकी ती महिलाको बिहान १ बजेर २४ मिनेटमा मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका–२५ र्सिसिया टोलकी ६५ वर्षीया महिलाको पनि मंगलबार बिहान ३ बजे मृत्यु भएको छ ।

एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएकी ती महिला सोमबार उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरि सोमबार बेलुका ६ बजे पर्साको बहुदरमाइ नगरपालिका–७ की ४५ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

वीरगञ्जको गण्डक अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका–८ की ३८ वर्षीया महिलाको उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन बिनय श्रीवास्तवले बताए । ती महलिा सोमबार बिहान अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)