बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठान धरानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 329
    SHARES

१४ बैशाख, सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो ।

उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिनुभयो ।

डा.पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी थिए । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ ।

प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)