बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मीलाई बिदा नदिने सरकारको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 1.1K
    SHARES

१४ बैशाख, काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा चिकित्सकको कमि हुदै गएकाले र सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ ।

यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)