बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वीनाकामा भारतीय नागरिकको अनावश्यक आवातजावतमा रोक


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 601
    SHARES

१५ बैशाख, उदयपुर । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।

भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मङ्गलबार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पिसिआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उहाँले बताउनुभयो ।

“अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ”, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भन्नुभयो, “भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।”

भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पिसिआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ ।

सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन भइनसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)