शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश संसदको कामलाई सामान्य ढंगबाट सञ्चालन गर्नुपर्ने जनमोर्चाको माग


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 715
    SHARES

१६ बैशाख, कास्की । राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे विस्तृत थाहा नभएकाले स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ । पार्टीका जिम्मेवार नेताहरूले पनि शाहीलाई भेट्न पाएका छैनन् ।

शाहीको अवस्था अज्ञात रहेको कारण देखाउँदै जनमोर्चाले निवेदन दिएका आधारमा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । नेकपा (एमाले) ले भने प्रदेशसभामा स्थगन हुन नहुने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }