बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कास्कीमा दुई कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 310
    SHARES

१७ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाका ६२ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)