शनिबार, बैशाख २९, २०८१

हार्ले-डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब ‘लाइभवायर’ ब्राण्डअन्तरगत


  • एजेन्सी
  • मङ्लबार, बैशाख २८, २०७८
  • 645
    SHARES

काठमाडौै ,२८ बैशाख

अमेरिकी मोटरसाइकल निर्माण कम्पनी हार्ले डेभिडसनले आफ्ना सबै नयाँ विद्युतीय मोटरसाइकलहरु ‘लाइभवायर’ (LiveWire) नामक ब्राण्ड अन्तरगत ल्याउने घोषणा गरेको छ ।

हार्ले डेभिडसनको यो कदम कम्पनीले यसअघि मुख्य अपरेशन अन्तरगत नयाँ इलेक्ट्रिक मोटरसाइकल डिभिजन बनाउने निर्णयअन्तरगत आएको हो ।

लाइभवायर डिभिजनले स्टार्टपअपको जस्तै विकासका कामहरु गर्नेछ र भविश्यका इलेक्ट्रिक मोटरसाइकल ल्याउनेछ । नयाँ डिभिजनले हार्ले डेभिडसन इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड लाइभवायरको बजारीकरण समेत गर्नेछ ।

नयाँ ब्राण्ड नाम ‘लाइभवायर’ यसअघि एचडी (H-D) ले सन् २०१९ मा सार्वजनिक गरेको पहिलो इलेक्ट्रिक मोटरसाइकल लाइभवायरबाट लिईएको हो । जून इलेक्ट्रिक मोटरसाइकल बजारमा आउनुभन्दा अगाडि लामो समयसम्म विकासको चरणमा रहेको थियो ।

कम्पनीकाअनुसार सो इलेक्ट्रिक मोटरसाइकल अमेरिकी बजारमा सबैभन्दा धेरै बिक्री भएको इलेक्ट्रिक मोटरसाइकल मोडेल भएको दाबी छ ।

यसका साथै कम्पनीले लाइभवायर ब्राण्ड अन्तरगत पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने भएको हो। सो इलेक्ट्रिक मोटरसाइकल सन् २०२१ को जुलाई ८ तारिखमा सार्वजनिक गरिने छ । संभवत कम्पनीले यसअघि सार्वजनिक गरेको पहिलो इलेक्ट्रिक मोटरसाइकल नै नयाँ ब्राण्ड अन्तरगत रहेर रिलन्च गर्ने अनुमान गरिएको छ ।

यो बाइकको सुरुआती मूल्य अमेरिकी डलर २९ हजार ७ सय ९९ तोकिएको छ।

कम्पनीद्वारा जारी एक विज्ञप्तिमा जोचेनले भनेका छन्, ‘लाइभ वायर इलेक्ट्रिक ब्रान्डले भविष्यमा हार्ले डेभिडसनको विद्युतीय मोटरसाइकलहरूमा प्रयोग हुने टेक्नोलोजीको विकास गर्ने योजना बनाएको छ।’

कम्पनीका अनुसार हार्ले डेभिडसनको यो नयाँ विद्युतीय मोटरसाइकल पहिले सहरी क्षेत्रका लागि केन्द्रित हुनेछन्। अर्थात् यिनीहरू सानो र हलुका हुनेछन्।

यसका साथै लाइभवायरले आफ्नै शोरुपम तथा अनलाइन मार्केटिङ्गको काम समेत गर्ने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }