सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दावी पेश


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 1.0K
    SHARES

२९ बैशाख, कास्की । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएको छ।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गर्नुभएको छ।

प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले बताउनुभयो ।

सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एकजनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि जनमोर्चाका तीनमध्ये दुईजनाको हस्ताक्षर राखेर पत्र बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }