बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा घट्दै संक्रमित दर, चौबिस घण्टामा २ लाख ८१ हजार ९ सय ११ थपिए


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३, २०७८
  • 578
    SHARES

३ जेठ, काठमाडौं । भारतमा आइतबार पछिल्ला २७ दिनमै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

सञ्चार माध्ययमका अनुसार आइतबार भारतभर २ लाख ८१ हजार ९ सय ११ जना संक्रमित थपिएका हुन्। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको भारतमा अहिले दैनिक संक्रमण घटिरहेको छ।

अघिल्लो साता भारतमा दैनिक औसतमा ३ लाख २८ हजार संक्रमित थपिएका थिए।

भारतीय सञ्चारमाध्ययमका अनुसार पछिल्लो समय दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

यसले भारतमा कोरोनाको दोस्रो लहर ‘पिक’ मा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४९ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७४ हजारले ज्यान गुमाएका छन् भने ३५ लाख अहिले सक्रिय संक्रमित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)