बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा भेटिए ३५ दिनयताकै कम संक्रमित, चौबिस घण्टामा २.५९ लाख संक्रमित भेटिए


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ७, २०७८
  • 748
    SHARES

७ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ क्रमशः कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा २.५९ लाख संक्रमित भेटिएका छन् जबकी ३.५७ लाख बिरामी निको पनि भएका छन् । यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १.०२ लाखको कमी आएको छ ।

बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए । लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ । यसका कारण उपचार गराइरहेका बिरामीको संख्यामा लगातार कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै ३७.४१ लाख सक्रिय संक्रमितको संख्या ९ मेमा थियो । ११ दिनमा यो घटेर ३०.२२ लाख भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)