आइतवार, बैशाख ३०, २०८१

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 756
    SHARES

१३ जेठ, काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।

समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।
जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }