बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप फुटबल छनौटः ब्राजिलद्वारा इक्वेडर २–० ले पराजित


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २२, २०७८
  • 952
    SHARES

तस्वीर : एपी

कतारमा सन् २०२२ मा हुने आगामी विश्वकपको दक्षिण अमेरिकी छनौट अन्तर्गत पाँचौं चरणको खेलमा ब्राजिलले तेस्रो स्थानमा रहेको इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलका तर्फबाट रिचार्लिसनले ६५ औं मिनेटमा पहिलो तथा नेमारले पेनाल्टीबाट गोल गरेका थिए ।

यो जितसँगै दक्षिण अमेरिकी समूहबाट ब्राजिलले खेलेका पाँचै खेल जितेर १५ अंकका साथ छनौट हुने अवस्थामा पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ ।

अंक तालिकाः (पाँच खेल खेलिसकेको अवस्थामा)

१. ब्राजिल –– १५ अंक

२. अर्जेन्टिना –– ११ अंक

३. इक्वेडर –– ९ अंक

४. पाराग्वे –– ७ अंक

५. कोलम्बिया –– ७ अंक

६. चिली –– ५ अंक

 

दक्षिण अमेरिकी समूहमा १० टिम राउन्ड रोबिनका लागि छनौट भइसकेका छन् । यीमध्ये सबैभन्दा बढी अंक ल्याउने चार वटा टिम सोझै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौं टिमले अन्य महादेशको टिमसँग प्रतिस्पर्धा गर्न पाउने छ ।

मङ्गलबारका खेल

अर्को राउन्डका खेलहरु मङ्गलबार हुँदैछन् । पाराग्वेसँग ब्राजिलको भिडन्त हुनेछ भने कोलम्बियाले दोस्रो स्थानको अर्जेन्टिनासँग खेल्दैछ । त्यस्तै, इक्वेडरसँग पेरु, भेनेजुएलासँग उरुग्वे तथा चिलीसँग बोलिभियाको खेल हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)