बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र -‘गैरमधेशीलाई पनि मन्त्रीमण्डलमा समेट्नु’


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 854
    SHARES

३० जेठ, धनुषा । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रिपरिषद समावेशी र समानुपातिक नभएको भन्दै मुख्यमन्त्रीसमक्ष पहाडियालाई पनि समेट्न आग्रह गर्नुभएको छ।

उहाँले गत जेठ २८ गते मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेख्दै संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारमा आफ्नो असन्तुष्टि रहेको बताउनुभएको हो।

प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार चार पृष्ठ लामो पत्र पठाउनुभएको छ।

उहाँले भन्नुभयो, ‘प्रदेश मन्त्रिपरिषदको गठन माननीय मुख्यमन्त्रीज्यूको सिफारिस बमोजिम नै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा मैले गर्ने भएकाले मन्त्रिपरिषदको स्वरुप संविधान बमोजिम भए नभएको भन्ने सवालमा मेरो चासो र सरोकार स्वाभाविक र जायज भएकोले यो स्मरणपत्र लेखिएको हो’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)