बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २को प्रदेश सभा बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, असार २५, २०७८
  • 402
    SHARES

२५ असार, काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । लगातार दुई पटक स्थगित भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठकमा असार १ मा प्रस्तुत गरिएको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।

प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमती नजुट्दा र रातो किताब तयार नहुँदा असार १५ र २३ गतेका लागि बोलाएको बैठक स्थागित भएको थियो ।

प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई साढे २ करोड बजेट उपलब्ध गराउनुपर्ने एमाले र माओवादीको माग छ । यो मागमा सत्तारुढ दलका अधिकांश सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)