शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 484
    SHARES

१८ साउन, काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

आजको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने एक नेताले जानकारी दिनुभयो । नेपाली कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, नेकपा(एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन गरेको छ । यद्यपी जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ भने माधव नेपाल पक्षपनि तत्काल सरकारमा नजाने अवस्थामा रहेको छ ।

आज माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र जसपालाई समेटेर छिट्टै मन्त्री विस्तार गर्नेछन् ।

माओवादीको तर्फबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन् । गठबन्धन सरकारमा अब माओवादीले पाँच जना मन्त्री पाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }