बिहिबार, बैशाख २७, २०८१

सरकारले छिट्टै पूर्णता पाउने माओवादी केन्द्र स्थायी समिति बैठकको अपेक्षा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 594
    SHARES

काठमाडौं, २२ साउन

सत्ता साझेदार नेकपा (माओवादी केन्द)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।

नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो । तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । उहाँले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गर्नु भयो । प्रवक्ता श्रेष्ठले भन्नु भयो,‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टी भित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैैन । १÷२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’

 

बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ । त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ । सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो । संविधान र कानुनको परिधिमा रही ती समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गरिएको उहाँले जानकारी दिनु भयो ।

 

माओवादी केन्द्रले लुम्बनी प्रदेश सभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्ना समेत गरेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }