मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बरबुझारथ नगरेको भन्दै प्रदेश २का उपसचिवको तलव रोक्का


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 732
    SHARES

२७ साउन, काठमाडौं । प्रदेश नम्बर–२ का प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवको तलब रोक्का गरिएको छ । संघीय संसद् सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निमित्त सचिव यादवको तलब रोक्न पत्राचार गरेको हो ।

यादव संघीय संसद्मा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश–२ मा ०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । त्यति बेला संघीय सचिवालयको नगद एवं जिन्सी बरबुझारथ नगरेको कारण तलब रोक्का राख्न निर्देशन दिइएको हो । पटक पटक बरबुझारथ गर्न पत्राचार एवं सार्वजनिक सुचना प्रकशित गरे पनि अटेरी गरेको पत्रमा पनि उल्लेख छ ।

यादवले संघीय संसद् सचिवालयबाट लिएको पेस्कीबापतको ५४ हजार ३०० रुपैयाँ नगद, एकथान मोटरसाइकल र एकथान ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू हालसम्म बुझाएका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }