२९ साउन, काठमाडौं । बैंकिङ प्रणालीबाट विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप १ प्रतिशत ब्याज दिने व्यवस्था गरेको हो ।